विद्यार्थी नेपालीमा किन कमजोर t
?
पाठ्यपुस्तकभन्दा फाल्तु विषयलाई समग्रमा गरिएको मापनले एउटै तहका विद्यार्थीको सिकाइ उपलब्धि घटेको देखाएको छ । केन्द्रका सहसचिव डा. लेखनाथ पौडेल विद्यार्थी जति कक्षा चढ्दै गयो उति तयारी कमजोर रहेको बताउँछन् । ‘नेपाली विषयप्रति विद्यार्थी कमजोर देखिनुको प्रमुख कारक शिक्षक हो,’ पढाइ र लेखाइमै कमजोरी पाइएको उल्लेख गर्दै उनी भन्छन्, ‘पाठ कण्ठस्थ गरे सही जवाफ दिन्छन् तर जब सिर्जनात्मक वा स्वतन्त्र लेखन गराउँछौं, त्यतिखेर संगठित रूपमा प्रस्तुत गर्ने सीप कमजोर छ । पढाइ सम्पूर्ण सिकाइको जग हो । पढाइलाई बुझाइभन्दा घोकाइमा बदल्दा कमजोरीले ठाउँ लिएको भन्ने छ ।
सबैलाई लाग्दै आएको पक्ष हो - बोर्डिङ स्कुलका विद्यार्थीको अंग्रेजी तगडा हुन्छ, नेपालीमा केही कमजोर हुन्छ । सरकारी स्कुलमा पढेकाहरू नेपालीमा तगडा हुन्छन्, अंग्रेजीमा कमजोर । प्राय: यस्तै हुने गथ्र्यो विगतमा । तर, बढ्दो सूचना प्रविधिको प्रयोगले त्यो परम्परा तोडिँदै गएको अवस्था छ । गुणस्तर जेसुकै होस् अंग्रेजी दबदबा तीव्रतर गतिमा छ ।
Go to the link to read the full article https://www.educationsansar.com/article/176